Admin No Comments

भोटेकोशी बाढीपीडितको पुनस्र्थापना र पुनर्निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री थापा

भक्तपुरः बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन एवं वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी एवं निर्यातकर्ताहरुसँग छलफल कार्यक्रममा मुख्यमन्त्री थापाले बाढीपीडितको पुनस्र्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माण कार्यलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य गरेर पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाउने उनको भनाइ छ ।

‘विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ, खर्बौको भौतिक संरचना ध्वस्त भएका छन्’, उनले भने, ‘प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारको ध्यान केन्द्रित छ ।’ बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा पुगेर सुरुवाती चरणमा उद्धार कार्यसँगै खाद्यान्नलगायतका राहत वितरण गरेको र अहिले पुनस्र्थापना र पुनर्निर्माण कार्यमा लागिपरेको उनले बताए । राज्य एक्लैले चाहेर मात्र बाढी प्रभावित क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै उनले सहकार्यका लागि निजी क्षेत्रलगायत विभिन्न संघ संस्थासँग छलफल गरिरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मौलिक एवं स्थानीय उत्पादन निर्यातलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । स्थानीय उत्पादनसँग सम्बन्धित उद्योग व्यवसाय विकासका लागि सीप, तालिम सञ्चालनसँगै युवा महिला उद्यमशीलता विकास गर्न महासंघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र प्रदेश सरकार सहकार्य गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र रसुवा र नुवाकोटमा बजार सञ्चालनका लागि महासंघले स्थायी संरचना निर्माण गर्न कार्ययोजना बनाइरहेको जानकारी दिए ।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले भक्तपुर जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन जिल्लामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र आवश्यक रहेको बताए । संघले भक्तपुर जिल्लाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यका साथ दोस्रो भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले मेला सफल बनाउन तीनै तहका सरकार, उद्योगी, व्यवसायी लगायत सम्पूर्ण क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष दिनेश गोसाई, कार्यसमिति सदस्य ऋषिकेश श्रेष्ठलगायतले आआफ्नो धारणा राखेका थिए ।
यसैबीच, वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी एवं निर्यातकर्ताहरुसँग व्यापक छलफल गरिएको छ । कार्यक्रममा यूपीएस नेपालको तर्फबाट निर्यातसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने छलफलको क्रममा पहिचान गरिएका निर्यातसम्बन्धी समस्या र समाधानका सुझावसहितको पत्र मुख्यमन्त्री थापालाई संघका अध्यक्ष न्यौपानेले हस्तान्तरण गरे ।

यसैगरी, जिल्लाको आधुनिक एवं व्यवसायिक कृषि, दिगो पर्यटन र निर्यातमुखी हस्तकला, औद्योगिक तथा व्यवसायिक विकास लागि संघको तर्फबाट १३ बुँदे माग एवं सुझावसहितको पत्र समेत मुख्यमन्त्री थापालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु, जिल्लास्थित विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, जिल्लाका प्रतिष्ठित उद्योगी व्यवसायीहरु, कार्गो व्यवसायी लगायत निर्यातकर्ताहरु सहभागी थिए ।

Admin No Comments

बैंकिङ अभिमुखीकरण एवं व्यवसायी सम्मान कार्यक्रम सम्पन्न

भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित बैंकिङ अभिमुखीकरण एवं व्यवसायी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
प्रभु बैंक लि.को सहकार्यमा संघको सभाहलमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। संघमा आबद्ध उद्योगी, व्यवसायीहरुलाई बैंकिङ सेवा, कर्जा प्रक्रिया, बैंकिङ कारोबार लगायतका विषयमा जानकारी गराउने उद्देश्यका साथ बैंकिङ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले उद्योग वाणिज्य क्षेत्रको विकासका लागि निजी क्षेत्र र बैंकिङ क्षेत्रबीच समन्वय र सहकार्य नितान्त आवश्यक रहेको बताए। देशको अर्थतन्त्र विकासका लागि उद्योगी व्यवसायी र बैंकिङ क्षेत्रको योगदानबिना सम्भव नहुने भएकाले उद्योगी व्यवसायीहरु र बैंकबीचको सम्बन्ध सधै विश्वासिलो बनाइराख्नुपर्नेमा उनले जोड दिए। बैंकिङ साक्षरता र बैंकिङ पहुँच वृद्धिले उद्यमी व्यवसायीहरुलाई उद्यम व्यवसाय थप व्यवस्थित बनाउन मद्दत पुग्ने भन्दै उनले विशेषतः महिला तथा युवा उद्यमी लक्षित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने किसिमका स्किमहरु ल्याउन आग्रह गरे।
प्रभु बैंक लि.को बागमती प्रदेश अन्तर्गत केन्द्रीय व्यवसाय केन्द्र १ का चिफ प्रोभिन्स अफिसर राजेश पोख्रेलले उद्यमी व्यवसायीहरुको विकास तथा प्रवद्र्धनका लागि आफूहरु हातेमालो गर्दै सहकार्य गर्न सदैव तयार रहेको बताए।
कार्यक्रममा प्रभु बैक लि. माइक्रो फाइनान्स प्रमुख प्रविनकुमार दाहालले बैंकको तर्फबाट प्रस्तुतीकरण गरेका थिए। प्रस्तुतीकरणका क्रममा उनले उद्योगी व्यवसायीहरूले बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, कर्जा लिनुअघिको प्रक्रिया, किस्ता तथा ब्याज भुक्तानी प्रक्रियाका साथै बैंकबाट उपलब्ध विभिन्न सेवा तथा सुविधाका बारे जानकारी गराए। सहभागी उद्योगी व्यवसायीहरुले राखेका जिज्ञासा तथा प्रश्नहरुको दाहालले उत्तरसहित स्पष्ट पारेका थिए।

संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिले उद्यमी व्यवसायीहरु र बैंक एकआपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताए। कार्यसमिति सदस्य ऋषिकेश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु, संघअन्तर्गतको विभिन्न उपसमितिका सदस्यहरु, सदस्यहरु, जिल्लास्थित विभिन्न वस्तुगत संघका प्रतिनिधिहरु, बैंकका कर्मचारीहरु सहभागी थिए।
यसैबीच, संघअन्तर्गतका विभिन्न १६ वटा उपसमितिमा मनोनित संयोजक एवं सदस्यरु तथा भक्तपुर उद्योग वाणिज्य संघको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका विभिन्न समितिमा मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको छ।

Admin No Comments

भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न

२८ असार २०८३

भक्तपुरः

भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।

संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु र सचिवालयका कर्मचारीहरुको सहभागितामा संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सूर्यविनायक नगरपालिकास्थित होटल घ्याम्पेडाँडामा सञ्चालन गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति शिवप्रसाद घिमिरेले कार्यक्रमको डिजिटल ब्यानर डिस्प्ले गरी उद्घाटन गरे ।

कार्यक्रममा कृषि उद्यम केन्द्रका सभापति घिमिरेले देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको विकास, व्यवसायीकरण र आधुनीकरण गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । कृषि क्षेत्रको विकासका लागि कृषकलाई राज्यको तर्फबाट सम्मान, प्रोत्साहन आवश्यक रहेको उनको भनाइ छ । विकसित देशहरुमा किसानलाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक हुने गरेको भन्दै उनले जर्मन जाँदा आफूलाई कृषिप्रधान देश नेपालबाट आएको व्यक्ति भनेर उच्च सम्मान दिएको स्मरण गरे ।

उनले देशमा कृषि क्षेत्रलाई दिगो विकास, व्यवसायीकरण र रोजगारमुखी बनाउन कृषकमैत्री नीति आवश्यक रहेको बताए । कृषि उद्यम केन्द्रले व्यवसायिक रुपमा कृषि क्षेत्रको व्यापक विकास गर्न सरोकारवाला निकायलाई सुझाव दिँदै आएको भन्दै उनले कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउन जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि भूमिका खेल्न आग्रह गरे ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले विगतमा झै जिल्ला नगर उद्योग वाणिज्य संघहरुको वृत्ति विकास, सचिवालय सुदृढीकरण, क्षमता विकास लगायत अन्य कार्यमा कृषि उद्यम केन्द्रबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । भक्तपुर उद्योग वाणिज्य संघका विविध उद्देश्यहरुमध्ये प्रतिस्पर्धी व्यवसायिक कृषिको विकास गर्ने पनि रहेको भन्दै उनले सोही अनुरुप संघले विविध कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए ।

कृषि उद्यम केन्द्रका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत एवं कार्यक्रमका सहजकर्ता अरुण श्रेष्ठले संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रमबाट कुनै पनि संस्थाको सबल र कमजोर पक्ष तथा सुधार गर्नुपर्ने पक्ष स्पष्ट रुपमा पत्ता लाग्ने भएकाले हरेक संघ संस्थाको लागि यो कार्यक्रम अत्यन्त महत्वपूर्ण हुने बताए । स्वःमूल्यांकन कार्यक्रमबाट पहिचान भएका कमजोर पक्षलाई ध्यानमा राखी तथ्यपरक योजना बनाई अगाडि बढ्न सके संघलाई अझ दिगो रुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष विश्वराम दुवालले आआफ्नो धारणा राखेका थिए ।

संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूवअध्यक्ष अध्यक्ष एवं सल्लाहकार र कर्मचारीहरुबीच संघसँग सम्बन्धित विभिन्न सूचांकहरुमा केन्द्रित रहेर घनिभूत छलफल गरिएको थियो । संघको स्रोत, साधन एवं वित्तीय अवस्था, सामाजिक समावेशीकरण तथा लंैंगिक समानताका सवालहरु समावेशको अवस्था, कार्यक्रम योजना र दिगोपन, आन्तरिक संगठनको यथार्थ अवस्था, ज्ञानको व्यवस्थापन एवं सेवाको गुणस्तरको अवस्था, संघबाट हुने गरेका पैरवी, कार्यसमिति सदस्यहरु एवं कर्मचारीहरुको उत्प्रेरणा र प्रतिबद्धताको यथार्थता, घरेलु, लघु, साना तथा मझौला उद्यम विकास र व्यवस्थापनको अवस्था, सरोकारवालाहरुसँगको सम्बन्ध लगायतका विषयमा मूल्यांकन गरिएको थियो । स्वःमूल्यांकनको क्रममा संघले अधिकांश सूचांकहरुमा अपेक्षित प्रगति हासिल गरी संघ अति उत्तम स्थानमा रहेको पाइयो भने सुधार गर्नुपर्ने विषय पनि पहिचान गरियो ।

Admin No Comments

आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुटसम्बन्धी अन्तरक्रिया सम्पन्न

आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुटसम्बन्धी अन्तरक्रिया सम्पन्न
१७ असार २०८३
भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबार आर्थिक ऐन २०८३ मार्फत विभिन्न करमा गरिएका विशेष छुट र अन्य व्यवस्थासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक राजश्व कार्यालय भक्तपुरको सहकार्यमा आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुट बारे जानकारी गराउने उद्देश्यका साथ संघको सभाहलमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । उनले संघले हरेक वर्ष आर्थिक ऐनमा उपलब्ध छुट सुविधाहरुको बारे जिल्लाका करदाताहरुलाई जानकारी दिन आन्तरिक राजश्व कार्यालय भक्तपुरसँग सहकार्य गरी अन्तरक्रिया कार्यक्रम गर्दै आएको बताए ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत राजेन्द्र कोइरालाले आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका विशेष कर छुट, सहुलियत, राजश्वका नयाँ व्यवस्था, करदाताले प्राप्त गर्न सक्ने सुविधाका विषय, कर छुट प्राप्त हुने समयसीमा लगायतका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । साथै उनले समयमै कर विवरण तथा दायित्व पूरा गर्दा करदाताले प्राप्त गर्ने छुट सुविधाका बारेमा स्पष्ट पारे ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी एवं करदाताहरुले कर छुट, जरिवाना मिनाहा, आफूहरुले भोगिरहेका व्यवहारिक समस्या बारेमा कर अधिकृत कोइरालासमक्ष प्रश्न तथा जिज्ञासा राखेका थिए भने ती प्रश्नहरुको कर अधिकृत कोइरालाले उत्तर दिई जिज्ञासा बारेमा स्पष्ट पारेका थिए ।
यसैगरी, कार्यक्रममा संघका उपाध्यक्ष एवं संघअन्तर्गतको राजश्व उपसमितिका संयोजक दिनेश गोसाई, उपसमितिकी सदस्य सन्ध्या श्रेष्ठ बुद्धाचार्यले आर्थिक ऐनमा व्यवस्था भएका प्रावधानको विषयमा कार्यक्रमबाट करदाताहरु थप स्पष्ट भएको विश्वास व्यक्त गर्दै उपलब्ध कर छुट सुविधाहरुको अधिकतम उपयोग गर्न आग्रह गरे ।
कार्यक्रममा १०० भन्दा बढी भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी तथा करदाताहरु सहभागी भएका थिए ।

Admin No Comments

ई–कमर्श तालिम सम्पन्न

ई–कमर्श तालिम सम्पन्न
भक्तपुरः
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना एवं भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित दुईदिने ई–कमर्श तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आजको प्रविधिको युगमा उद्यमी व्यवसायीहरु प्रविधि प्रयोगमा अभ्यस्त हुन आवश्यक रहेको बताए । बदलिँदो समयअनुसार उद्यम व्यवसायमा पनि डिजिटल माध्यमको प्रयोग बढ्दै गइरेको भन्दै उनले उद्यम व्यवसाय गर्दा प्रविधिसम्बन्धी ज्ञानसँगै सोसँग सम्बन्धित विद्यमान कानुन बारे पनि जानकार हुनुपर्नेमा जोड दिए।

कुनै पनि काम गर्दा पहिलो प्रयासमै सफल नहुँदैमा हतोत्साही हुन नहुने उनको भनाइ छ । उनले असफलताबाट नयाँ ज्ञान प्राप्त हुने भन्दै उच्च मनोबलका साथ दत्तचित्त भएर लागिपरे अवश्य सफलता मिल्ने बताए । उनले जसरी भए पनि नाफा कमाउने उद्देश्य राखेर अस्वस्थ व्यापार व्यवसाय नगर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरे । अस्वस्थ प्रतिस्पर्धाले उद्यमी व्यवसायीहरुको प्रतिष्ठासमेत गुम्न सक्ने भएकाले स्वस्थ प्रतिस्पर्धा गरी शुद्ध नाफा कमाउने उद्देश्यका साथ व्यापार व्यवसाय गर्नुपर्ने उनले बताए ।
नगर प्रमुख प्रजापतिले युवाहरुको बढ्दो विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै हरेक युवाहरुलाई उद्यमशील बनाई देशमै उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ विविध तालिम तथा कार्यक्रम सञ्चालन गरिरहेकोमा उद्योग तथा वाणिज्य कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघलाई धन्यवाद दिए । भक्तपुर नगरपालिकाले उद्यमशीलता विकासका लागि गरिरहेको क्रियाकलाप बारे जानकारी दिँदै उनले तालिमसँगै व्यवसाय गर्न चाहनेहरुलाई भक्तपुर नगरपालिकाले ऋण सहयोगसमेत उपलब्ध गराउँदै आएको बताए ।
उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उद्यम गरिरहेका र आगामी दिनमा उद्यम गर्न सोच बनाइरहेका युवा, महिलाहरुलाई लक्षित गरी ई–कमर्श तालिम आयोजना गरिएको जानकारी दिए । कार्यालयले जिल्लामा उद्यमशीलता विकासलाई प्रमुख प्राथमिकतामा राखेर विभिन्न तालिम तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको भन्दै उनले भक्तपुर उद्योग वाणिज्य संघसँगको विशेष सहकार्यमा तालिम तथा कार्यक्रमहरु प्रभावकारी रुपमा सम्पन्न हुँदै आएको बताए ।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले ई–कमर्श तालिम उद्यमीहरुद्वारा उत्पादित वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा, कला संस्कृति जगेर्ना तथा विकासका लागि गरिरहेको कामको प्रशंसा गर्दै जिल्लाको आर्थिक गतिविधि बढाउन स्थानीय तहहरु र उद्योग वाणिज्य संघ निकट भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जा, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष विश्वराम दुवाल, कार्यसमिति सदस्य एवं तालिम उपसमितिका संयोजक अनिल शिवाकोटी, प्रशिक्षक सञ्जिव धावाले तालिमबाट प्रशिक्षार्थीहरुमा प्रविधिसम्बन्धी व्यवसायिक दक्षता एवं क्षमता वृद्धि भएको विश्वास गर्दै सिकेका ज्ञानलाई तालिममा मात्र सीमित नगरी व्यवहारिक रुपमा कार्यान्वयन गरी लाभ लिनुपर्नेमा जोड दिए । प्रशिक्षार्थीहरुको तर्फबाट निजन बासुकला र रेश्मी हालेयो जोशीले आजको प्रविधिको युगमा ई–कमर्शसम्बन्धी ज्ञान अत्यन्त उपयोगी रहेको भन्दै आगामी दिनमा पनि सीप, क्षमता र ज्ञान वृद्धि हुने तालिम तथा कार्यक्रमहरु निरन्तर सञ्चालन गर्न आग्रह गरे ।
तालिममा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गरे ।
ई–कमर्श तालिमको उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले सोमबार डिजिटल ब्यानर डिस्प्ले गरी उद्घाटन गरेका थिए ।

Admin No Comments

दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न

दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला सम्पन्न

 

भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जिल्लामा सञ्चालित दोस्रो भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला शनिबार सम्पन्न भएको छ ।

‘हस्तकला, मौलिक संस्कृति र दिगो पर्यटन–विकसित र व्यवसायिक भक्तपुर हाम्रो चिन्तन’ भन्ने नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर औद्योगिक क्षेत्र परिसरमा शुक्रबार र शनिबार व्यापार मेला सञ्चालन गरिएको हो । भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न र उद्योग, व्यापार, कृषि, पर्यटन, संस्कृतिको प्रवद्र्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको आयोजक संघले जनाएको छ ।

निःशुल्क प्रवेश व्यवस्था रहेको मेलाको स्थानीयवासी, आन्तरिक एवं वाह्य पर्यटक गरी करिब १० हजार जनाले अवलोकन गरेको संघका कोषाध्यक्ष एवं मेला उपसमिति संयोजक रंजित मारिखूले बताए । प्रतिकूल मौसमका बीच आयोजना गरिएको मेला अनुमान गरेको भन्दा पनि उपलब्धिमूलक भएको संघका उपाध्यक्ष एवं मेला समितिका सल्लाहकार विश्वराम दुवालले जानकारी दिए ।

मेलामा भक्तपुरको मौलिक पहिचान भादगाउँले कालो टोपी, जुजु धौ, हस्तकलाका उत्पादनहरु, कृषि उत्पादनहरु, साना तथा मझौला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु, चित्रकला, छाला तथा जुत्ताका सामानहरु, औद्योगिक उत्पादनका व्यापारिक स्टल, स्थानीय खानाका स्टल गरी ४० वटा स्टल रहेका थिए । यसैगरी, मेला सञ्चालनको समयमा स्वास्थ्य शिविर समेत राखिएको थियो । मेलामा बालबालिकाहरुलाई मनोरञ्जनको लागि बाल उद्यान राखिएको थियो भने शुक्रबार साँझ मङ्का ब्यान्डको उत्कृष्ट प्रस्तुतीकरणसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ सहयोगी निकाय रहेको उक्त मेलाको मुख्य प्रायोजकमा होटल दाची, मिडिया पार्टनरमा नमस्ते ख्वप टेलिभिजन र ङातापोल एक्सप्रेस दैनिक रहेका थिए । यसैगरी, अनलाइन पार्टनरमा ईटिकेटनेपाल डटकम रहेका थिए भने इन्ट्रोडक्सन ट्रेड शोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापन गर्ने जिम्मेवारी लिएको थियो ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले भक्तपुर उद्योग वाणिज्य संघले विगतदेखि स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुको बजारीकरणमा टेवा पु¥याउने तथा मौलिक कला, संस्कृतिको विकास गर्दै जिल्लाको आर्थिक, कृषि तथा दिगो पर्यटनको विकास गर्ने उद्देश्यका साथ मेलाहरु सञ्चालन गर्दै आएको जानकारी दिँदै यसै वर्ष भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने तयारी गरिरहेको बताए ।

उक्त मेलाको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य रुकेश रंजित, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष (जिल्ला÷नगर) दिलसुन्दर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, विभिन्न सरकारी निकायका प्रमुखहरु, जिल्लास्थित वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु लगायत सहभागी थिए ।

 

 

 

 

 

 

 

 

 

 

Admin No Comments

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

नौबुँदे घोषणापत्र जारी गर्दै स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न

सोमबार, जेष्ठ ४,२०८३

काठमाण्डौ । नौबुँदे घोषणापत्र जारी गर्दै भक्तपुर उद्योग वाणिज्य संघद्वारा आयोजित स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय मकवानपुरसँगको सहकार्यमा संघले आइतबार जिल्लाको सूर्यविनायक नगरपालिकास्थित क्लब बागमतीमा स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन २०८३ सञ्चालन गरेको हो ।

स्टार्टअप उद्यम तथा व्यवसाय गर्न चाहने उद्यमीलाई तालिम, प्रशिक्षण तथा परामर्श दिन जिल्ला उद्योग वाणिज्य संघ मातहत सञ्चालन हुने गरी बिजनेस इन्क्युबेसन सेन्टर स्थापनाका लागि सरकारबाट बजेट व्यवस्था हुनुपर्ने, परियोजना धितोमा सहुलियतपूर्ण कर्जा प्रवाहलाई सरल बनाइनुपर्ने, स्टार्टअप कोषमा पर्याप्त बजेट विनियोजन गरी बढीभन्दा बढी स्टार्टअप उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउनुपर्ने लगायतका मागसहित सम्मेलन सम्पन्न भएको संघले जनाएको छ ।

सम्मेलनले वैदेशिक रोजगारीमा निर्भरता घटाउन सरकारले स्वदेशमै युवालाई रोजगारी र उद्यमका अवसर सिर्जना गर्न उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, साना तथा मझौला व्यवसायलाई प्राथमिकता दिई लगानीमैत्री वातावरण बनाउन आवश्यक नीति ल्याउनुपर्ने माग गरेको छ । स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीको बजार पहुँचको व्यवस्था, उत्पादित वस्तु तथा सेवा खरिदमा सरकारी प्राथमिकता, ब्रान्डिङमा प्राथमिकता, अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच पु¥याउन निर्यात प्रक्रियालाई सरल र सहज बनाउनुपर्ने, उद्योग व्यवसाय दर्ता, कर प्रणाली, नवीकरणलगायतका प्रक्रियालाई पूर्ण रुपमा डिजिटलाइज्ड गरी एकद्वार प्रणालीबाट हुने व्यवस्था मिलाउनुपर्ने सम्मेलनले सुझाव दिएको छ ।

सम्मेलनको उद्घाटन बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले गरेकी थिइन्। उक्त अवसरमा मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले स्टार्टअप र नवप्रवर्तन उद्यम व्यवसाय प्राथमिकतामा राखेको बताइन् । स्टार्टअप र नवप्रवर्तन उद्यमीहरुको विकासका लागि आवश्यक ऐन संशोधनका कार्यहरु भइरहेको जानकारी दिँदै उनले स्टार्टअप सम्मेलनले पनि उनीहरुको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले देशमा स्टार्टअप वातावरण निर्माण र नवप्रवर्तन संस्कृतिको विकास तथा सुदृढीकरण, युवा उद्यमीलाई व्यवसायिक दिशानिर्देश, लगानीको वातावरण तयार, प्रविधि विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ, बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुसाल, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष बेदबहादुर श्रेष्ठ, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, संघका कार्यसमिति सदस्य एवं युवा उद्यमी उपसमितिका संयोजक कृतन अवालले आआफ्नो धारणा राखेका थिए ।

सम्मेलनमा प्यानल डिस्कसन सेसन, फाउन्डर स्टोरी सेसन, पिच डेक सेसन सञ्चालन गरिएको थियो । प्यानल डिस्कसन सेसनमा विभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरु सुबास शर्मा, डा. प्रकाशकुमार श्रेष्ठ, दर्शना श्रेष्ठ, विनायक शाह र बलराम सञ्जेल वक्ताका रुपमा रहेका थिए । ‘नेपालमा तपाईं शुन्यबाट सुरु गर्नुप¥यो भने कुन क्षेत्रमा लगानी गर्नुहुर किन ?’ विषयक समूहगत छलफलमा सुगारिका केसीले सहजीकरण गरेकी थिइन् ।

यसैगरी, फाउन्डर स्टोरी सेसनमा सफल उद्यमी व्यवसायीहरु सन्तोष पाण्डेय, सैफ गौचन, श्रीया गिरी, केश्मा थापा, निष्ठा कायष्थले आफ्नो उद्यम व्यवसाय यात्रा, संघर्ष, सिकाइ र सफलताका अनुभवहरु प्रस्तुत गरे । त्यसैगरी, पिच डेक सेसनमा मोडर्न कलेजमा अध्ययनरत गरिमा थापाले प्लास्टिक फोहोर व्यवस्थापन, ख्वप कलेजमा अध्ययनरत असिम त्वायनाले कानुनी परामर्शसम्बन्धी एप र बागिश्वरी कलेजमा अध्ययनरत रिया प्रजापतिले हस्तकलाका वस्तु उत्पादनसम्बन्धी प्रस्तावना प्रस्तुत गरेका थिए ।

उक्त सेसनको निर्णायकमण्डलमा संघका अध्यक्ष कृष्णमुरारी न्यौपाने, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मकवानपुरका निर्देशक यादवनाथ आचार्य र वान टु वाचका महाप्रबन्ध विश्व गिरी रहेका थिए ।

सम्मेलनमा विभिन्न स्टार्टअप र नवप्रवर्तन उद्यमी व्यवसायीहरुद्वारा उत्पादित सेवा र वस्तुहरुको २२ वटा स्टल प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका स्टलहरुमध्ये प्लान माई नेपालको स्टललाई उत्कृष्ट नवप्रवर्तन स्टल घोषित गरिएको संघअन्तर्गतको युवा उद्यमी उपसमितिका उपसंयोजक शिशिर किसीले जानकारी दिए ।

Admin No Comments

भक्तपुरका उद्योगी व्यवसायीद्वारा निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई

 

मितिः २०८२ चैत्र २७
भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाबाट प्रत्यक्ष एवं समानुपातिकतर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।
जिल्लाका उद्योगी व्यवसायीहरुको सहभागितामा संघको सभाहलमा एक कार्यक्रमका बीच निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिँदै सम्मान गरिएको हो । कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रुकेश रंजितले स्थानीय, प्रदेश र संघीय सरकारमा रहेको असमान कर दर, एउटै विषयमा पटक पटक कर तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने बताए । स्थानीय उद्योग व्यवसायको संरक्षण, भक्तपुर औद्योगिक क्षेत्रलाई हस्तकला ग्रामको रुपमा विकास गर्ने, भक्तपुरलाई डे टुरिजमबाट स्टे टुरिजमको रुपमा विकास गर्ने, भक्तपुरलाई शिक्षा, स्वास्थ्यको हब बनाउने लगायतका विषयमा आफूले गम्भीरताका साथ काम गर्ने उनको भनाइ छ ।
भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजीव खत्रीले देश विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेकाले निजी क्षेत्रका समस्याहरुको सम्बोधन गरेर सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए । निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्ने नसक्ने भन्दै उनले उद्योगी व्यवसायीहरुले भोगिरहेका समस्याहरुको बारेमा सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताए ।
समानुपातितर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठ, कुसुम महर्जन, डा. गंगालक्ष्मी अवालले जनताले आशा र भरोसाका साथ दिएको मतको भावना अनुसार जिल्लाको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रको विकासका लागि आफूहरु एकढिक्का भएर काम गर्ने बताए ।
यसैगरी, बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले जिल्लाको विकासका लागि स्थानीय जनप्रतिनिधि, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यहरु एक ठाउँमा बसेर घनिभूत छलफल गर्न आवश्यक रहेको बताए । भक्तपुरलाई मेडिकल हब बनाउन सम्भव रहेको बताउँदै उनले जिल्लाका सबै सरोकारवाला लगायत जनप्रतिनिधिहरु एक भएर लागेमा भक्तपुरको स्वास्थ्य क्षेत्रमा फड्को मार्न सकिने स्पष्ट पारे ।
त्यसैगरी, बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले उद्योगी व्यवसायीहरुले सहज वातावरणमा उद्योग व्यवसाय सञ्चालन गर्न पाउनुपर्नेमा जोड दिँदै उद्योगी व्यवसायीहरुले वर्तमान अवस्थामा भोगिरहेका समस्या निराकरण गर्न प्रदेश स्तरबाट खेल्नुपर्ने भूमिका आफूहरुले खेल्ने र आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट झन्डै दुईतिहाई नजिक मत प्राप्त सरकार बनेसँगै उद्योगी व्यवसायीहरु उत्साहित तथा आशावादी रहेको बताए । देशको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका बारेमा चर्चा गर्दै उनले भक्तपुर जिल्लालाई पूर्वाधारसहितको व्यवस्थित बसोबास भएको सहर, आर्थिक सम्भावनाहरुले युक्त सहर, कला संस्कृतिको संरक्षण रहेको सहर, पर्यटनका सम्भावनाहरु पूर्ण उपयोग भएको सहर बनाउनुपर्नेमा जोड दिए । जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिँदै उनले भक्तपुर जिल्ला र मुलुकको समग्र आर्थिक विकासका लागि आवश्यक कानुन निर्माण, नीतिगत सुधार र निजी क्षेत्रको मनोबल वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष गणेशहरि प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरुलाई फूलमाला लगाई बधाई पत्र प्रदान गरिएको थियो भने सोही अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८३ सालको टेबुल क्यालेन्डर विमोचन गरिएको थियो ।

 

           

Admin No Comments

मञ्जु सुवेदीको संयोजकत्वमा महिला उद्यमी उपसमिति गठन

मितिः २०८२ चैत्र १७
भक्तपुर ः
भक्तपुर उद्योग वाणिज्य संघअन्तर्गत जिल्लाका महिला उद्यमीहरु सम्मिलित महिला उद्यमी उपसमिति मंगलबार गठन गरिएको छ ।
संघकी कार्यसमिति सदस्य एवं महिला उद्यमी मञ्जु सुवेदीको संयोजकत्व एवं सरस्वती कार्कीको सहसंयोजकत्वमा २० सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिको सदस्यहरुमा श्रीलक्ष्मी पञ्च, देवका श्रेष्ठ, मुना राउत, तारा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, मन्दिरा बास्कोटा रहेका छन् । यसैगरी, सदस्यहरुमा पुनम श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ, कविता श्रेष्ठ, नमिता शर्मा, सीता भण्डारी, संगिता दुलाल रहेका रहेका छन् । उपसमितिमा रहेका अन्य सदस्यहरुमा पिंकी तिमिल्सिना, रस्मिता बखुन्छें, सरु शिल्पकार, सावित्रा खड्का, दयालक्ष्मी किलम्बू र अनिता उप्रेती रहेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले नवगठित महिला उद्यमी उपसमितिबाट महिला उद्यमशीलता विकासका लागि महत्वपूर्ण गतिविधिहरु सञ्चालन हुनुपर्नेमा जोड दिए । सफल उद्यमी व्यवसायीहरुको उदाहरण प्रस्तुत गर्दै उनले आफूमा दक्षता, योग्यता र सीपलाई विकास गर्दै दत्तचित्त भएर उद्यम गर्दै गएमा अवश्य पनि सफलता प्राप्त हुने बताए । महिला उद्यमी व्यवसायीहरुको विकासका लागि महिला उद्यमी उपसमितिमार्फत महिला लक्षित विभिन्न कार्यक्रमहरु तालिका बनाएर सञ्चालन गर्न आग्रह गर्दै उनले आवश्यक स्रोत साधनको व्यवस्थापन संघले गर्ने बताए ।
कार्यक्रममा संघकी निवर्तमान अध्यक्ष रोशनीमैयाँ धौबन्जा, कार्यसमिति सदस्य एवं उपसमितिकी संयोजक मञ्जु सुवेदी, कार्यसमिति सदस्य एवं उपसमितिकी सहसंयोजक सरस्वती कार्कीले उपसमितिले महिला उद्यमीहरुको नेतृत्व विकाससँगै महिला उद्यमीहरुको उद्यम व्यवसाय विकास गर्दै उत्पादित सेवा तथा वस्तुहरुको प्रवद्र्धन हुने कार्यक्रमलाई जोड दिने बताए ।